National life

मौद्रिक नीतिको संकेत: निजी क्षेत्रमा कर्जा प्रवाह बढ्ने

गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रमा जाने कर्जा वृद्धि गरेर लगानीमैत्री वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको बताए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
1.1kShares
मौद्रिक नीतिको संकेत: निजी क्षेत्रमा कर्जा प्रवाह बढ्ने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढ्ने अनुमान गरेको छ। मंगलबार सार्वजनिक मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो लक्ष्य निर्धारण गरेको हो।

राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधि विस्तार गर्ने, उत्पादनमुखी क्षेत्रमा लगानी बढाउने र वित्तीय प्रणालीमा उपलब्ध तरलताको प्रभावकारी उपयोग गर्ने उद्देश्यले कर्जा विस्तारको यो प्रक्षेपण गरिएको हो।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रमा जाने कर्जा वृद्धि गरेर लगानीमैत्री वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको बताए।

उनका अनुसार निजी क्षेत्रको सक्रियता बढाउँदै समग्र आर्थिक वृद्धि सुदृढ बनाउने दिशामा मौद्रिक नीतिले ध्यान केन्द्रित गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?