National life

लचिलो तर सतर्क मौद्रिक नीति सार्वजनिक, अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास (पूर्णपाठ)

विदेशी विनिमय सञ्चिति कम्तीमा सात महिनाको आयात धान्ने स्तरमा कायम गर्ने लक्ष्य राखिएको

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
1.9kShares
लचिलो तर सतर्क मौद्रिक नीति सार्वजनिक, अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास (पूर्णपाठ)
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि लचिलो तर सावधानीपूर्ण मौद्रिक नीति सार्वजनिक गरेको छ। बाह्य क्षेत्रबाट केही दबाब देखिए पनि समग्र आर्थिक अवस्था सकारात्मक दिशामा रहेको मूल्याङ्कन गर्दै राष्ट्र बैंकले अघिल्लो कार्यदिशालाई निरन्तरता दिएको हो।

नयाँ नीतिमा मुद्रास्फीति करिब ५.५ प्रतिशतभित्र सीमित राख्ने तथा विदेशी विनिमय सञ्चिति कम्तीमा सात महिनाको आयात धान्ने स्तरमा कायम गर्ने लक्ष्य राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यमा सहयोग पुर्‍याउने गरी निजी क्षेत्रको मनोबल उच्च राख्ने र लगानी प्रवाह बढाउने रणनीति अघि सारिएको छ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सुधारलाई प्राथमिकता दिँदै सञ्चालन खर्च घटाउने, डिजिटल बैंकिङ विस्तार गर्ने तथा बैंक तथा वित्तीय संस्थाको पुनर्संरचना गर्ने नीति लिएको छ। यसले भविष्यमा व्यवसायको प्रकृतिअनुसार फरक–फरक बैंकिङ मोडल विकास हुने संकेत दिएको छ।

ब्याजदरसम्बन्धी प्रमुख सूचकहरू यथावत राख्दै राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन खुला बजार उपकरणमार्फत गर्ने रणनीति अपनाएको छ। कर्जातर्फ ऋणीलाई राहत दिने व्यवस्था गर्दै व्यक्तिगत जमानीसम्बन्धी जोखिम घटाउने, निष्क्रिय कर्जा व्यवस्थापन गर्ने र समस्याग्रस्त कर्जाको पुनरुत्थानका लागि विशेष उपाय ल्याउने उल्लेख गरिएको छ।

निजी क्षेत्रमा कर्जा विस्तार ११ प्रतिशत र विस्तृत मुद्रा आपूर्ति १४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। निक्षेपकर्ताको हितलाई ध्यानमा राख्दै तरलता व्यवस्थापनमार्फत बचतमा न्यूनतम प्रतिफल सुनिश्चित गर्ने नीति पनि लिइएको छ।

बाह्य क्षेत्र सन्तुलित रहने अनुमान गर्दै रेमिट्यान्स र पर्यटन आय उच्च रहने अपेक्षा गरिएको छ। साथै, डिजिटल वित्तीय सेवा विस्तार, विदेशी विनिमय व्यवस्थामा सहजीकरण तथा नयाँ प्रविधिमा आधारित वित्तीय प्रणाली विकासतर्फ पनि नीति केन्द्रित देखिएको छ।

समग्रमा, यो मौद्रिक नीति बजारलाई झट्का दिनेभन्दा स्थायित्व कायम गर्दै सुधार र पुनरुत्थानमा केन्द्रित रहेको आकलन गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?