National life

शेयर बजार झिनो अंकले बढ्यो, कारोबार ३ अर्बमा सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०८ पुस २०८२, मङ्गलबार
1.1kShares
शेयर बजार झिनो अंकले बढ्यो, कारोबार ३ अर्बमा सीमित
ncell

काठमाडौँ । शेयर बजार झिनो अकंले बढेको छ । निरन्तर सुस्त रहेको बजार आज भने सामान्य अकंले बढेको हो । नेप्से सूचक हाल २५ सयदेखि २६ सय बिन्दुको वरिपरि सीमित रहँदै उतार–चढाव भइरहेको छ।

बजारले स्पष्ट दिशा लिन नसकेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निरन्तर घट्दै जाने र कहिले स्थिरजस्तो देखिने बजारको अवस्थाले कारोबार रकम अपेक्षाकृत कम रहेको छ।

नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ लाख रुपैयाँको शेयर कारोबार भएको हो । आज ६ उपसूचक राताम्य भएको छ। १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ ।

अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा पुँजी बजार सुधारका प्रयासहरू भए पनि व्यवहारमा प्रभावकारिता कम देखिएको छ। राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका खबर, बैंक तथा वित्तीय संस्थाका त्रैमासिक वित्तीय विवरण र बढ्दो खराब कर्जा मुख्य अस्थिरताका कारण मानिएका छन्।

ठूला लगानीकर्ता समूह र संगठित चलखेलको सम्भावनाले पनि बजारमा अनिश्चितता थपेको विश्लेषकहरूको मत छ। स्पष्ट नीति, प्रभावकारी नियमन र स्थिर राजनीतिक वातावरण नआउँदासम्म बजार सुधार सहज देखिँदैन।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?