National life
cg eloctronics

सेयर बजार राताम्मे, कुन कम्पनीको सेयरमा देखियो सबैभन्दा धेरै चमक?

हरियाली देखिए २१ कम्पनीमा मात्रै, अधिकांश सेयरमा रातो संकेत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२५ दिन अगाडि|१६ कात्तिक २०८३, सोमबार
5KShares
सेयर बजार राताम्मे, कुन कम्पनीको सेयरमा देखियो सबैभन्दा धेरै चमक?
muktinatha bikash bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज बजारमा १ करोड ९८ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा कुल ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये २१ वटाको सेयर मूल्य बढेको छ भने २५२ वटाको घटेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन। यसले अधिकांश कम्पनीका लगानीकर्ताले आजको बजारमा मूल्य गिरावटको सामना गरेको देखाउँछ।

everest bank

आज बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १३.५८ प्रतिशतले बढेको छ। मकर जितुमाया सुरी हाइड्रोपावरको ८.७७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ५.४७ प्रतिशत, एनआईसी एसियाको ३.०२ प्रतिशत र बुटवल पावरको २.४८ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै, ग्लोबल आईएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँ, कुमारी बैंकको २७ करोड ९१ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २३ करोड ४८ लाख रुपैयाँ र मकर जितुमाया हाइड्रोपावरको २० करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?