National life
cg eloctronics

सामान्य अंकले बढ्यो नेप्से, कुन–कुन कम्पनीको सेयर चम्कियो ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१७ कात्तिक २०८३, मङ्गलबार
7.5kShares
सामान्य अंकले बढ्यो नेप्से, कुन–कुन कम्पनीको सेयर चम्कियो ?
muktinatha bikash bank

काठमाडौं । लगातारको उतारचढावबीच मंगलबार सेयर बजारले सामान्य सुधारको संकेत देखाएको छ । कारोबार अवधिभर दबाबमा रहेको बजार अन्तिम समयमा सकारात्मक बनेपछि नेप्से परिसूचक ६.६२ अंकले उकालो लागेको हो । यद्यपि, बजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

मंगलबारको कारोबारपछि नेप्से परिसूचक २ हजार ६६४ अंकमा कायम भएको छ । अघिल्लो कारोबार दिन ३२.६५ अंकले घटेको बजारमा मंगलबार सामान्य सुधार देखिएको हो ।

everest bank

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ७ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १४३ वटाको सेयर मूल्य बढेको छ भने १२२ वटाको घटेको छ । त्यस्तै, १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै वृद्धि

मंगलबार होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०७ प्रतिशतले बढेको छ । अक्टोबर महिनामा नेपाल भित्रिने पर्यटकको संख्या बढेसँगै यस क्षेत्रका कम्पनीको सेयर मूल्यमा सकारात्मक प्रभाव परेको देखिएको छ ।

त्यस्तै, बैंकिङ समूह ०.५२ प्रतिशत, विकास बैंक ०.०६ प्रतिशत, जलविद्युत् ०.३१ प्रतिशत, जीवन बीमा ०.०९ प्रतिशत, माइक्रोफाइनान्स ०.१३ प्रतिशत, निर्जीवन बीमा ०.१० प्रतिशत र व्यापार समूह ०.१५ प्रतिशतले बढेका छन् ।

यता फाइनान्स समूह ०.०१ प्रतिशत, लगानी ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशत र अन्य समूह ०.०२ प्रतिशतले घटेका छन् ।

शिखर पावरको मूल्यमा सबैभन्दा धेरै वृद्धि

आज शिखर पावरको सेयर मूल्य सबैभन्दा धेरै ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै, रिभर फल्स पावरको ५.८० प्रतिशत, त्रिशूली जलविद्युत्को ३.७७ प्रतिशत, एनआईसी एसिया बैंकको ३.२३ प्रतिशत र सानीगढ हाइड्रोको ३.०७ प्रतिशतले मूल्य बढेको छ ।

यसैगरी, अघिल्लो दिनसम्म लगातार मूल्य बढिरहेको हालै सूचीकृत बेनी हाइड्रोको सेयर मूल्य मंगलबार सबैभन्दा धेरै ५.०४ प्रतिशतले घटेको छ । चिरख्वा हाइड्रोपावरको ४३.९४ प्रतिशत र युनिभर्सल पावरको २.३३ प्रतिशतले मूल्य घटेको छ ।

कारोबारमा ग्लोबल आईएमई बैंक अगाडि

कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा रहेको छ । त्यसपछि बुटवल पावर, कुमारी बैंक, सोल्टी होटल, सानिमा मिडिल तमोर, लक्ष्मी सनराइज बैंक र घलेम्दी हाइड्रोपावरका सेयरमा बढी कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
7.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?