National life
cg eloctronics

नेप्से उकालो लाग्यो, आज कुन–कुन कम्पनीको सेयर मूल्य बढ्यो ?

नेप्सेमा हरियो संकेत, यी कम्पनीका सेयर चम्किए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|१८ कात्तिक २०८३, बुधबार
6.7kShares
नेप्से उकालो लाग्यो, आज कुन–कुन कम्पनीको सेयर मूल्य बढ्यो ?
muktinatha bikash bank

काठमाडौं । सात अर्ब रुपैयाँभन्दा बढीको कारोबार भए पनि सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंकले बढेर २ हजार ६६५ अंकमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अघिल्लो दिन ६.६२ अंकले बढेको बजारमा बुधबार कारोबार रकम भने उल्लेख्य बढेको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

बुधबार कारोबारमा आएका कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। त्यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

everest bank

यस दिन अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ। उक्त समूहमा सूचीकृत नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य उच्च दरले बढेपछि समग्र समूहमा सकारात्मक प्रभाव परेको हो।

नेपाल पुनर्बीमाले हकप्रद सेयर जारी गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेपछि कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सले पनि हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्ने निश्चित भएपछि यसको मूल्य ११.४८ प्रतिशतले बढेको छ।

अन्य समूहसँगै व्यापार समूह १.११ र जीवन बीमा समूह ०.१० प्रतिशतले बढेका छन्। बाँकी अधिकांश समूह भने घटेका छन्। बैंकिङ ०.८२, विकास बैंक ०.४४, फाइनान्स ०.८२, होटल तथा पर्यटन ०.७४, जलविद्युत् ०.६८, लगानी ०.४५, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२० र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले घटेका छन्।

बुधबार स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.६५ प्रतिशतले बढेको छ। त्यस्तै, घोराही सिमेन्टको ५, नेपाल रिपब्लिक मिडियाको ४.९७ र मन्दाकिनी हाइड्रोपावरको ४.४२ प्रतिशतले मूल्य बढेको छ।

यता शिखर पावरको सेयर मूल्य ३.७४, सीवाईसी लघुवित्तको ३.३४, चिरख्वा हाइड्रोपावरको ३.२६ र जनउत्थान सामुदायिक लघुवित्तको ३.२० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा स्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक अगाडि रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
6.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?