काठमाडौं । साताभर बजारमा उतारचढाव कायम रहे पनि निर्जीवन बीमासहित अधिकांश प्रमुख उपसमूहमा सुधार आएपछि नेप्से परिसूचक गत साता १६.७२ अंकले बढेको छ । बजार परिसूचक ०.६६ प्रतिशतले उकालो लागेर २५५९.४९ विन्दुमा पुगेको हो ।
अघिल्लो साता भदौ १८ गते नेप्से २५४२.७७ विन्दुमा रहेको थियो । समीक्षा अवधिमा कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको सूचक बढेको छ भने ६ वटा उपसमूहमा गिरावट आएको छ ।
साताभर निर्जीवन बीमा उपसमूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । उक्त उपसमूह १.४१ प्रतिशतले बढेर ९४२२.०६ विन्दुमा पुगेको छ । अघिल्लो साता निर्जीवन बीमा उपसमूह ९२९०.७० विन्दुमा थियो ।
यता फाइनान्स उपसमूहमा भने सबैभन्दा ठूलो गिरावट देखिएको छ । फाइनान्स उपसमूह २.७२ प्रतिशतले घटेर २१९३.७५ विन्दुमा झरेको छ । अघिल्लो साता यो उपसमूह २२५५.०२ विन्दुमा रहेको थियो ।
समग्रमा बजारमा खरिद–बिक्रीको दबाबबीच अधिकांश उपसमूहमा देखिएको सुधारले नेप्सेलाई साताको अन्त्यमा सकारात्मक अवस्थामा राखेको छ । यद्यपि, फाइनान्सलगायत ६ उपसमूहमा आएको गिरावटले बजारको वृद्धि भने सीमित बनाएको देखिन्छ ।































