काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। आज नेप्से २०.२७ अंकले ओरालो लाग्दै २७३५.१४ बिन्दुमा झरेको हो।
कारोबार रकम भने ४ अर्ब रुपैयाँ नाघेको छ। आज कुल ९२ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा अधिकांश कम्पनीहरूको सेयर मूल्य घटेको देखिएको छ। आज ४१ कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबारका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २० करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
त्यसैगरी, लक्ष्मी बैंक डिबेन्चरमा १७ करोड १७ लाख, आँखुखोला जलविद्युतमा १३ करोड ५९ लाख, सिटी होटलमा ११ करोड ७८ लाख र रिलायन्स स्पिनिङ मिल्समा १० करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आजको बजार अवस्थाले लगानीकर्तामा सावधानी बढेको संकेत गरेको छ।



































