काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक ८.१४ अंकले घट्दै २७२८.०३ विन्दुमा झरेको हो ।
आजको कारोबारमा करिब ९२ लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ९० करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ । ८२ कम्पनीको मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबारका आधारमा सिटी होटल अग्रस्थानमा रह्यो । उक्त कम्पनीको २३ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । त्यसपछि सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रो, पीपल्स हाइड्रोपावर र आँखुखोला जलविद्युतमा उल्लेख्य कारोबार भएको छ ।
यद्यपि समग्र बजार घटे पनि केही कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । सोपान फर्मास्युटिकल्सको मूल्य १५ प्रतिशतले बढेको छ भने एपोलो हाइड्रोपावर करिब १५ प्रतिशतले उक्लिएको छ । त्यस्तै बोटलर्स नेपाल, अप्पर लोहोरे खोला हाइड्रोपावर र पीपल्स हाइड्रोपावरको सेयर मूल्य पनि वृद्धि भएको छ ।



































