National life

आजको सेयर बजार: सबैभन्दा बढी कारोबार भएका कम्पनी कुन–कुन?

समग्र बजारमा अधिकांश कम्पनीको मूल्य घटेपछि नेप्से सूचक दबाबमा परेको देखिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०९ असार २०८३, मङ्गलबार
1.9kShares
आजको सेयर बजार: सबैभन्दा बढी कारोबार भएका कम्पनी कुन–कुन?
ncell

काठमाडौं । मंगलबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको लेनदेन भएको छ।

बजारमा २२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २३९ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र यामबलिङ हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ। यस्तै लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ र सनराइज ब्लु चिप फण्डका इकाइहरू पनि सकारात्मक वृद्धि देखिएका छन्।

त्यसैगरि, आँखुखोला जलविद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३४ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सोपान फर्मास्युटिकल्सको १८ करोड ९० लाख, रिलायन्स स्पिनिङ मिल्स्को १७ करोड २४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड २३ लाख, बुंगल हाइड्रोको १३ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्र बजारमा अधिकांश कम्पनीको मूल्य घटेपछि नेप्से सूचक दबाबमा परेको देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?