National life

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४ लाख ३८ हजार, यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२७ वैशाख २०८३, आइतबार
550Shares
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४ लाख ३८ हजार, यस्ता छन् अन्य सूचक
ncell

काठमाडौँ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यही अवधिमा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

नाफा घटेको भए पनि कम्पनीको बीमाशुल्क संकलन भने वृद्धि भएको छ। अघिल्लो वर्ष ९२ करोड ९१ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क चालु वर्षमा बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, कम्पनीको कुल खर्चमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। अघिल्लो वर्ष १ अर्ब १४ करोड रुपैयाँ रहेको खर्च अहिले १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। दाबी भुक्तानीतर्फ पनि ठूलो बढोत्तरी देखिएको छ, जुन ६१ करोड ३० लाख रुपैयाँबाट बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ ५९ लाख ८४ हजार रुपैयाँ रहेको छ।

यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि ठूलो गिरावट आएको छ। अघिल्लो वर्ष ११.६७ रुपैयाँ रहेको ईपीएस घटेर हाल ०.०२ रुपैयाँमा सीमित भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १८२.७२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८३.२३ रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?