काठमाडौँ। अन्ततः जनता समाजवादी पार्टी सरकारमा जाने भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने एक कार्यकर्ताले जानकारी दिएका छन् ।
सरकारमा जसपाले दुई वटा मन्त्रालय पाएको छ। वन मन्त्रीमा नवलकिशोर साहलाई पठाउने लगभग अन्तिम तयारी भइरहेको छ ।
यद्यपि यसमा अन्य आकाङ्क्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको हो । राज्यमन्त्रीको बारेमा भने पार्टीमा छलफल चलिरहेको छ।


































