National life

एमसीए नेपालद्वारा सडक निर्माणका लागि साढे ३ अर्बको ठेक्का सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०७ पुस २०८२, सोमबार
1.1kShares
एमसीए नेपालद्वारा सडक निर्माणका लागि साढे ३ अर्बको ठेक्का सम्झौता
ncell

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर अर्थात ३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ बराबरका दुई वटा महत्त्वपूर्ण सम्झौतामा एमसीए नेपालले हस्ताक्षर गरेको छ ।

एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयन क्रममा पूर्व पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सोमबार काठमाडौंमा सम्झौता गरेको हो ।

यसैगरी एमसीए नेपालले हालै उक्त सडक खण्ड स्तरोन्नति कार्य र नारायणघाट मुग्लिङ सडक खण्ड आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग सम्झौता गरेको छ ।

आयोजना अन्तर्गत पूर्व पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा स्तरोन्नतिको क्रममा सात मिटरको क्यारिज वे र २.५ मिटरको सोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौता अन्तर्गतका क्रियाकलापले व्यापार एवं सवारी सञ्चालन लागत घटाउने र सडक सुरक्षामा अभिवृद्धि गर्ने विश्वास लिएको उनले बताए । त्यस्तै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सरकारका सबै तहमा साझा प्रतिबद्धता प्रतिविम्बित गर्ने अर्को उपलब्धि भएको बताए ।

यसैबीच अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले नेपालमा पहिलो पटक भित्रिएको नवीनतम प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त भएको र एमसीए नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?