काठमाडौँ । नेकपा एमालेले सत्ता समीकरण पश्चात् मन्त्रीहरूको नाम लगभग टुङ्ग्याएको छ। हालको अवस्थामा एमालेले कम्तीमा ५ वटा र बढीमा ८ वटा मन्त्रालय पाउने लगभग पक्कापक्की भएको छ।
नेकपा एमालेको शीर्ष नेताहरूबिच भएको बैठक पछि सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने एक नेताले जानकारी दिएका छन् । महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुने मोटामोटी सहमति बनेको छ ।
यस अगाडि नै पदम गिरी विना विभागीय मन्त्री भइसकेका छन् । उनले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना चुलिएको छ । ती बाहेक दामोदर भण्डारी,भगवती चौधरी,राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुने चर्चा बढिरहेको छ।
यदि सात वा सो भन्दा कम मन्त्रालय एमालेको भागमा परेको खण्डमा अधिकारी मन्त्री हुनेको लिस्टबाट हट्नेछन् । यता गृहमन्त्रीमा रवि लामिछाने र अर्थमा वर्षमान पुनको नाम टुङ्गो लागेको छ ।

































