काठमाडौं । नेकपा एमाले गोदावरी नगर कमिटी अत्तरिया, कैलालीका ४६ जनाले सामूहिक रुपमा राजीनामा दिएका छन्। पुस ११ गतेदेखि लागू हुने गरी ४३ जना नेता तथा कार्यकर्ताहरूले राजीनामा दिएका हुन्।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि आफूलगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको बताउँदै उनीहरूले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको पत्रमा उल्लेख गरेका छन्।
पुस १० गते नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।


































