National life

काठमाडौं महानगरपालिकाले दुई सहकारी संस्थाको दर्ता खारेज गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
702Shares
काठमाडौं महानगरपालिकाले दुई सहकारी संस्थाको दर्ता खारेज गर्दै
ncell

काठमाडौँ । काठमाडौं महानगरपालिकाले दुईवटा सहकारी संस्थाको दर्ता खारेज गर्ने भएको छ । महानगरपालिकाको सहकारी विभागका अनुसार श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि. र सुकस बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालनमा नरहेकाले उनीहरूको दर्ता खारेज गरिने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा तथा यी संस्थाबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थामा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले उक्त सूचना प्रकाशन भएको मिति (असार २२) ले १५ दिनभित्र महानगरको सहकारी विभागमा सम्पर्क राख्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरेको छ ।

संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता, धितो राखि लिएको कर्जा, बचत गरेको रकम भए १५ दिनभित्र विभागमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ । अन्यथा खारेजी पश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने महानगरको भनाइ ।

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?