काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार उनीहरुबाट १८ हजार २२ किलो गाँजा, पाँच सय २८ किलो चरेस, १४ किलो तीन सय ५० ग्राम हिरोइन, १४ किलो पाँच सय ६७ ग्राम कोकिन र ३४ किलो दुई सय ५८ अफिम बरामद भएको थियो ।




































