National life

चिलिमे जलविद्युत कम्पनीको नाफा घट्यो, कस्ताे छ प्रतिशेयर आम्दानी ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
602Shares
चिलिमे जलविद्युत कम्पनीको नाफा घट्यो, कस्ताे छ प्रतिशेयर आम्दानी ?
ncell

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ६९ करोड ४५ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.९२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ७५ करोड ४२ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आय घटेको छ । जसको असर नाफामा देखिएको छ । अघिल्लो असार मसान्तसम्म १ अर्ब १८ करोड १७ लाख ४० हजार रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा १ अर्ब १२ करोड ८६ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको परियोजना सञ्चालन खर्च अघिल्लो आवको १० करोड ९७ लाख ५८ हजार रुपैयाँ रहेको थियो । गत आवको असार मसान्तमा १२ करोड ५४ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन अर्निङमा ३ अर्ब ३० करोड १६ लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ४९ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?