National life

ज्योति विकास बैंकका ग्राहकहरुलाई “Rhino Lodge and Hotel” मा विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१४ माघ २०८२, बुधबार
549Shares
ज्योति विकास बैंकका ग्राहकहरुलाई “Rhino Lodge and Hotel” मा विशेष छुट
ncell

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चितवनको पर्यटकीय क्षेत्र सौराहास्थित Rhino Lodge and Hotel सँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकहरूले होटलमा उपलब्ध सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण र उच्चस्तरीय सेवा सुविधाका कारण Rhino Lodge and Hotel चितवनको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यस सहकार्यले बैंकका ग्राहकहरूलाई गुणस्तरीय सेवा सहज र किफायती रूपमा उपभोग गर्ने अवसर प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आएको ज्योति विकास बैंकले नवीन सोचका साथ समाजको दिगो विकास र सकारात्मक परिवर्तनमा योगदान पुर्‍याउँदै आएको जनाएको छ। बैंकले आफ्ना व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई उच्च महत्व दिँदै आएको छ।

बैंकले आफ्ना खुद मुनाफाबाट नेपालमा सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने औसत योगदानभन्दा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गर्दै आएको छ। यस अन्तर्गत नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्ने उद्देश्यले सुरु गरिएको ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५९० भन्दा बढी नेपाली शिशुहरूको जीवन रक्षा गर्न सफल भएको बैंकले जनाएको छ।

जीवन र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा सक्रिय योगदान पुर्‍याउँदै आएको ज्योति विकास बैंकले सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तनको बीजारोपण गरिरहेको बताइएको छ। साथै, बैंकले राष्ट्रप्रति आफ्नो दायित्व निर्वाह गर्दै गएको आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको छ।

हाल ज्योति विकास बैंकले देशभर उपत्यका र उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?