काठमाडौं । सानिमा रिलायन्स लाइफका डेपुटी सिईओ डा. राकेश पोखरेलले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छन् ।
सिएसमेत रहेका डा.पोखरेल बीमा क्षेत्रमा राम्रो अनुभव बटुलेका हुन् ।
ग्लोबल लिडरशिप एण्ड म्यानेजमेन्टमा शिर्षकमा पोखरेलले बैंककमा प्रोफेशनल डक्टरेटको उपाधी हासिल गरेका छन् ।
उनलाई उक्त उपाधि नेपाली बीमा क्षेत्रमा खेलेको भूमिका, व्यवसायिक दक्षता, नेतृत्वदायी क्षमताको मूल्याङ्कनसहित पोखरेललाई पिडीको उपाधी प्रदान गरिएको थियो।
मानार्थ डाक्टर उपाधी पाउने विभिन्न ७ तरिका मध्ये आफ्नो शैक्षिक योग्यता एवम् व्यवसायीक कार्यको माध्यमबाट पोखरेलले सो उपाधी पाएका हुन् ।
डा.पोखरेल अनुभवी, निश्कलंक, स्वच्छ छवि भएका व्यक्तित्व हुन् । सेबोनको अध्यक्ष पदका मागिएको योग्यता, क्षमता र अनुभवको आधारमा डा.पोखरेलको प्रवल सम्भावना रहेको छ । उनी सो पदका लागि उपयुक्त पात्र रहेको चर्चा पनि भइरहेका छन् ।
सेबोनको अध्यक्ष पदका लागि आवेदन दिने अन्तिम दिन सोमबार ४७ जना इच्छुक उम्मेदवारहरूले आवेदन दिएका थिए ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य रहेका छन् ।
नियामक निकायको अध्यक्ष पदका लागि स्नातकोत्तर तह उत्तीर्ण हुनुका साथै पुँजी बजार, वित्तीय व्यवस्थापन, अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव अनिवार्य गरिएको छ ।
सन्तोष नारायण श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पद पूर्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेको थियो।































