National life

नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया पारदर्शी भएको बोर्डको स्पस्टिकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ जेठ २०८०, मङ्गलबार
1.7kShares
नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया पारदर्शी भएको बोर्डको स्पस्टिकरण
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया पारदर्शी भएको भन्दै हाल भइरहेको विरोधमा ध्यानाकर्षण भएको जनाएको छ। बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरु लगाइएकोको भन्दै बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बोर्डले आज एक विज्ञप्ति जारी गर्दै यसरी कानूनी रुपमा नै समय सीमा तोकी, जवाफदेही पद्धतिको विकास गरी, सार्वजनिक रुपमा आह्वान गर्दै पारदर्शी प्रकृयाबाट मापदण्ड पुरा गरेका सबैलाई समान अवसर प्रदान गरी तोकिएको समयमै पूर्वाधार तयार गर्न सूचित गरिएकोमा केही संस्थाहरुले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधै सीमित व्यवसायीको घेरा भित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डको यस कार्यको विरोध गर्दै बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरु लगाइएकोमा बोर्डको गम्भिर ध्यानाकर्षण जनाएको छ।

बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यवसायीक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रीत स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा वाधा पुरÞ्याउन भएको प्रयास प्रति बोर्ड खेद व्यक्त गर्दछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, लगानीकर्ताको हकहित संरक्षण र बजार विकास तथा विस्तारका लागि बोर्डले आगामी दिनहरुमा समेत खुला प्रगतिशिल नीतिहरु तर्जुमा गरी कार्यान्वयन गर्दे जाने प्रतिवद्धता व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?