National life
cg eloctronics

नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धी कोषको प्रशिक्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
471Shares
नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धी कोषको प्रशिक्षण
ncell

काठमाडौँ । नागरिक लगानी कोषले नेपाल कमर्श क्याम्पस मिनभवनका एम।वि।ए। फाइनान्सका विद्यार्थीहरूलाई कोषले सञ्चालन गर्दै आइरहेको नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धमा प्रशिक्षण दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोषले पेन्सन योजनामा सहभागिता जनाउने प्रक्रिया, त्यसबाट हुने फाइदा लगायतका विषयमा जानकारी गराउँदै नागरिक पेन्सन योजना सहभागी होऔं, अवकाशपछिको जीवन सुरक्षित बनाऔँ भन्ने नारालाई आत्मसाथ गर्नु पर्ने विषयमा कोषका उप निर्देशक नारायण घिमिरेले प्रकाश पार्नुभयो।

सोही अवसरमा नेपालको पुँजी बजार, शेयर खरिद बिक्री र पुँजी बजारका औजारहरूको बारेमा विवेक अधिकारीले प्रशिक्षण दिनुभयो । उहाँले सेयर बजार सम्बन्धी जानकारीसहित आर्थिक र प्राविधिक विश्लेषणको बारेमा बताउनुभयो।

सेयर बजारका उपकरणहरू, दोस्रो बजार, सूचीकृत कम्पनीको पोर्टफोलियो, पुँजी बजारका चरणहरू, सूचक विश्लेषण विधिका बारेमा उहाँले प्रस्तुतीकरण गर्नु भएको थियो।

कार्यक्रममा कोषका निर्देशकद्धय शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं क्याम्पसका सह–निर्देशक मदन पोखरेल, सहायक क्याम्पस प्रमुख निश्चल रिसाल एवं सन सेक्युरिटिजका प्रबन्ध निर्देशक कृष्ण गिरी लगायतको उपस्थिति रहेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?