National life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
593Shares
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक सेयरधनी आइएमई मिमिटेडको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर २९ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ कायम गरिएको छ। इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुलाई न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ ।

बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?