National life
cg eloctronics

नेपाल एसबिआई बैंकद्धारा लुम्बिनी विकास कोष, लुम्बिनीमा सामाजिक उत्तरदायित्व कार्यक्रम 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
372Shares
नेपाल एसबिआई बैंकद्धारा लुम्बिनी विकास कोष, लुम्बिनीमा सामाजिक उत्तरदायित्व कार्यक्रम 
ncell

काठमाडौँ नेपाल एसबिआई बैंक लि.द्वारा लुम्बिनी विकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्धारा सञ्चालित बिभिन्न संरक्षणका कार्यक्रमका लागि रु १०.०० लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।

उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तीर्थयात्री र आगन्तुकहरूलाई सुविधा प्रदान गर्ने तथा पैदल मार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिनेछ । कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि), राम मोहन राव अमराले लुम्बिनी विकास कोषका सदस्य सचिव, श्री सानुराजा शाक्यलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सल, बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नेपाल एसबिआई बैंकका सञ्चालकहरू, रितेश सिन्हा, भरत राज बस्ती, अप्सरा उप्रेती, गोपाल प्रसाद भट्ट, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, बैंकका प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा तथा कोषका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
372SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?