National life

नेशनल लाइफद्वारा बागमती प्रदेशका CEO क्लब सदस्य सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२० पुस २०८२, आइतबार
768Shares
नेशनल लाइफद्वारा बागमती प्रदेशका CEO क्लब सदस्य सम्मानित
ncell

काठमाडौँ। नेशनल लाईफ इन्स्योरेन्सले काठमाडौँस्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं बागमती प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिएको छ भने नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको छ।

साथै सो प्रदेशबाट आफ्नो कोड र संजालमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब कार्यक्रममा नेपालभर बाट १६०० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्ताहरुलाई सकारात्मक असर पु¥याउने हुँदा सबै तहका अभिकर्ताहरुलाई हुने गरी मासिक तथा बार्षिक योजना ल्याउने क्रमलाई निरन्तरता दिने बताए।

उनले बीमा अभिकर्र्ता पेसा केवल व्यवसायसंग जोडिएको मात्र नभइ सेवाभावसंग जोडिएको एक पवित्र पेसा भएकोले यस पेसामा जोडिने हरेक अभिकर्ताले सफलता हासिल गर्ने मूख्य आधार नै कामप्रतिको इमान्दारिता र निरन्तरता रहेको बताएका छन्।

सो समारोहमा उपस्थित विजेता अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले मोटिभेसनल तालिम प्रदान गरेका थिए। बागमती प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरु मध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाका रविना के.सी.ले आफ्नो व्यवसायिक अनुभव समेत व्यक्त गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
768SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?