National life

फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०५ कात्तिक २०८०, आइतबार
662Shares
फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश
ncell

म्याग्दी । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया गए ।

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन अमेरिका लागे । त्यसैगरी बेनीका केसी र दरवाङका गौतम दम्पत्ति आफन्त र घरपरिवारसँग दसैँ मनाउन विदेश जाने उदाहरण मात्रै हुन् ।

पहिले–पहिले विदेश र सहरबजारबाट दसैँ र तिहार जस्ता पर्व मनाउन जन्मथलो गाउँमा फर्कने चलन थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिले भने परिवारका सदस्यसँग चाडपर्व मनाउन विदेश जाने चलन शुरु भएको छ ।

श्रीमती र छोराछोरीसहित दसैँ मनाउन बेलायत पुगेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला आफन्तजन सबै विदेशमा भएपछि चाडपर्वमा भेटघाट र भ्रमणको मेसो मिलाएको बताउछन्।

“हाम्रो परिवारमा नेपालमा हुनेभन्दा विदेशमा हुनेको सङ्ख्या बढी छ”, उनले भने, “आफन्त पनि धेरै विदेशमै छन् । आफन्तसँग दसैँ पनि मनाइने र भेटघाट तथा घुमघाम पनि हुने भएकाले यसपाली बेलायतमा दसैँ मनाउने योजना बनायौ ।”

अध्ययन, रोजगारी, व्यापार, व्यवसायको सिलसिलामा अमेरिका, अस्टे«लिया, क्यानडा तथा बेलायतलगायतका मुलुकमा रहेका नेपालीले त्यहाँ पनि नेपालमा जस्तै गरी दसैँ मनाउने गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ अमेरिकाका अध्यक्ष रघु सुवेदीको भनाइ छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इसान) अमेरिकाका अध्यक्ष राहुल केसीले चाडपर्व मनाउन, विवाह, छेवर, व्रतवन्धका लागि विभिन्न देशमा नौमती बाजा समूह नै गठन गरिएको उनको भनाइ छ ।

“नेपालबाट मौलिक भेषभुषा र बाजा मगाएर कलाकार समूहले विदेशमा नेपाली संस्कृति फैलाएका छन्”, उनले भने, “नेपालीहरुको बाहुल्य भएका कम्पनीले नेपाली चाडपर्व मनाउन छुट्टी समेत दिने गरेका छन् ।”

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले ‘डायसपोरा’मार्फत नेपाली संस्कार र संस्कृति संसारभर फैलिन थालेको बताए । “पहिले डायसपोरामार्फत पश्चिमा संस्कृति नेपाल आयो । अहिले नेपाली संस्कृति विदेशमा फैलिनु सकारात्मक हो,” उनले भने, “यसले गर्दा नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण भइरहेको छ ।”

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?