National life

बालेनलाई हर्कले भने : नडराउनुस् हजुरको साथमा म छु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
506Shares
बालेनलाई हर्कले भने : नडराउनुस् हजुरको साथमा म छु
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन् ।

आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि मेयर शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको बताएका छन् ।

'आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।'

त्यसपछि साम्पाहाङले ‘नडराउनु’ भन्दै आफू साथमा रहेको बताए । साम्पाहाङले ट्वीटरमा ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं,’ लेखेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?