National life

मदिराको बोतलमा पारदर्शी प्लाष्टिकको खोल प्रयोग नगरे राजस्व विभागले कारबाही गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
880Shares
मदिराको बोतलमा पारदर्शी प्लाष्टिकको खोल प्रयोग नगरे राजस्व विभागले कारबाही गर्ने
ncell

काठमाडौं । आन्तरिक राजस्व विभागले अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लाष्टिकको खोल (थिंक क्याप) प्रयोग सम्बन्धी नियम कार्यान्वयनका ल्याउने भएकाे छ । राजस्व विभागले अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लाष्टिकको खोल प्रयोग सम्बन्धी नियम कार्यान्वयनका लागि सूचना जारी गरेको हाे ।

अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौं संशोधनले २०८० साल असोज १ गते देखि पैठारी गर्ने इजाजतपत्रवालाले समेत पैठारी गरेको मदिरा (बियर, वाइन र साइडर बाहेक) को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लाष्टिकको खोल ( कि क्याप) प्रयोग गर्नु पर्ने व्यवस्था सहित नियम २९गमा संशोधन गरेको छ ।

अन्तःशुल्क नियमावली २०५९ को उल्लिखित व्यवस्था अनुसार २०८० साल असोज १ गते देखि पैठारी गर्ने इजाजतपत्रवालाले पैठारी गरेको मदिरा ( बियर, वाइन र साइडर बाहेक) को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लाष्टिकको खोल (चिंक क्याप) प्रयोग गर्न आवश्यक तयारी एवम् उक्त प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

असोज १ गतेदेखि उल्लिखित कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम हुने विभागले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
880SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?