National life

मोरङमा दुई व्यवसायीले गरे आत्महत्या

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ असोज २०८०, बुधबार
1.2kShares
मोरङमा दुई व्यवसायीले गरे आत्महत्या
ncell

काठमाडाैं । मोरङ जिल्लाका दुई व्यवसायीले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरका दुई व्यवसायी गोविन्द तिम्सिना र बलराम ज्ञवालीले आत्महत्या गरेका हुन्।

विराटनगर–१का केमिकल्स व्यवसायी तिम्सिनाले मंगलबार आत्महत्या गरेको जिप्रका मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले बताए। उनका अनुसार घरपछाडि रहेकाे गोदाममा पासो लगाएको अवस्थामा उनको शव फेला परेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तिम्सिना नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत थिए। उनले सोमबारमात्रै कांग्रेस विराटनगर–३ बुथ सभापतिको निर्वाचनमा मतदान पनि गरेका थिए।

त्यस्तै ज्ञवाली पनि विराटनगरको रंगेलीरोडमा आष्मा फार्मेसी चलाउँदै आएका थिए। सुन्दर हरैँचाका बासिन्दा ज्ञवालीले पनि केही दिनअघि आत्महत्या गरेका थिए।

मोरङ प्रहरीले आत्महत्या गर्नुको ठोस कारण खुल्न नसकेको र दुवै घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको जनाएकाे छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?