National life
cg eloctronics

राकुटेन भाइबर : एक दशकभन्दा बढीको विश्वास र जोड्दै नेपालीको बीचमा सम्बन्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
502Shares
राकुटेन भाइबर : एक दशकभन्दा बढीको विश्वास र जोड्दै नेपालीको बीचमा सम्बन्ध
ncell

काठमाडौँ / गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको संसारकै सबैभन्दा विश्वासिलो सञ्चार प्लेटफर्ममध्ये एक राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर-घरमा परिचित नाम बनेको छ।

यसले मानिसहरूलाई अर्थपूर्ण सम्बन्धहरू बनाउन, आफ्ना परिवार र साथीहरूसँगका अमूल्य क्षणहरू सुरक्षित रूपमा बाँड्न, व्यावसायिक सम्बन्धहरूलाई व्यवस्थापन गर्न र आफ्ना रुचि पछ्याउनका लागि एउटै थलोमा सहज वातावरण उपलब्ध गराउँदै आएको छ।

सन् २०२४ को सुरुवातमा भाइबरले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता गर्यो ।यसले नेपाल सरकारद्वारा जारी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०२३ पालना गरेको छ।

डेटा गोपनीयतालाई विशेष प्राथमिकता दिँदै भाइबरले एन्ड-टु-एन्ड इन्क्रिप्टेड भ्वाइस र भिडियो कल, म्यासेजिङ, ग्रुप च्याट, जिआईएफ, फाइल सेयरिङ र डिभाइस सिन्क्रोनाइजेसन सुविधा उपलब्ध गराएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुपर एपको रूपमा भाइबर केवल मेसेजिङ वा कलमै मात्र सीमित छैन, यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउन विभिन्न उपयोगी सेवाहरू प्रदान गर्दछ।

साथै प्रयोगकर्ताले यसै प्लेटफर्मभित्र पब्लिक च्यानलहरूमार्फत सेलिब्रिटी, इनफ्लुएन्सर र ब्रान्डसम्बन्धी अपडेटहरू पनि पाउँछन्।

भाइबर नेपालमा सुरुवाती कालमै उपलब्ध भएका सञ्चार एपहरूमध्ये एक हो जसले नेपाली भाषाका स्टिकर र स्थानीय सामग्रीहरू उपलब्ध गराउँदै डिजिटल सञ्चारलाई अझै व्यक्तिगत र आत्मीय बनाएको छ। यो निरन्तर रूपमा नेपालीहरूको सेवामा प्रतिबद्ध छ।

राष्ट्रिय संकटका समयमा पनि भाइबरले महत्वपूर्ण भूमिका खेलेको छ। सन् २०१५ को गोरखा केन्द्रबिन्दु पारेर गएको भूकम्पपछि यसले गुणस्तरीय भ्वाइस र भिडियो कल सेवा उपलब्ध गराएको थियो।

कोभिड–१९ महामारीका बेला यसले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी केस संख्या र अस्पताल क्षमताबारे महत्त्वपूर्ण जानकारी साझा गरेको थियो भने नेपाल प्रहरीसँग मिलेर सार्वजनिक सञ्चार कायम राख्न पनि योगदान गरेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?