National life

राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा. शिवहरी श्रेष्ठ, कम्पनीलाई नयाँमा लाने प्रतिवद्धता व्यक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
609Shares
राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा. शिवहरी श्रेष्ठ, कम्पनीलाई नयाँमा लाने प्रतिवद्धता व्यक्त
ncell

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. शिवहरी श्रेष्ठ नियुक्त भएसँगै उनले सो कम्पनीलाई नयाँ उचाईमा लाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसअघि चार जना अब्बल प्रतिस्पर्धहरु सर्टलिस्टमा परेसँगै श्रेष्ठले बाजी मारेका हुन् । केही दिन अघि राष्ट्रिय बीमा कम्पनीले सार्वजनिक सूचना जारी गर्दै नयाँ प्रणालीबाट सीईओको माग गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पदपूर्ति उपसमितिले कम्पनीको सीईओका नारायणकुमार भट्टराई, डा शिवहरि श्रेष्ठ ,सुरेन्द्र थापा र सुवास कोइरालाको नाम सर्टलिस्टमा समावेश गरेको थियो । कार्यकारी प्रमुखको लागि आवेदन दिएकामध्ये सुवास कोइराला मात्र कम्पनीमा कार्यरत थिए भने अन्य आवेदकहरु बाहिरबाट इच्छुक भएर जोडिएका थिए।

कम्पनीले सार्वजनिक गरेको सूचनाका अनुसार सर्टलिस्टमा परेकाहरुले बैशाख १२ गते प्रस्तुतीकरण र बैशाख १२ गते अन्तर्वार्ता दिनुपर्ने तालिका थियो। सोही चरणहरु पार गर्दै डा. थापाले नेत्तृत्व लिन सफल भएका छन् । यस अघि राष्ट्रिय बीमा कम्पनीको सीईओमा शेखर बराल रहेका थिए । बराले पूरा गर्न नसकेका कतिपय कामहरु अगामी दिनमा श्रेष्ठको मातहतमा सम्पन्न हुने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?