National life

रूपान्तरण अभियान उत्साहजनक रुपमा सफल भएको छ : माओवादी केन्द्र

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
768Shares
रूपान्तरण अभियान उत्साहजनक रुपमा सफल भएको छ : माओवादी केन्द्र
ncell

काठमाडौँ । पार्टीद्धारा सञ्चालन चारमहिने विशेष रूपान्तरण अभियान समापनको विषयमा प्रचार विभागले मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी नेकपा (माओवादी केन्द्र) ले समग्रमा विशेष रूपान्तरण अभियान उत्साहजनक भएको बताएको छ।

‘विशेष रूपान्तरणले साङ्गठनिक गतिशील भएका छन् । संगठन नबनेको ठाउँमा संगठन बनेको छ । निष्क्रिय भएको ठाउँमा सक्रिय भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको छ । , प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

यस्तै सापकोटाले अभियानबाट पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको बताएका छन् । अभियानले नेताहरूको मूल्याङ्कन गर्ने आधार बनेको उनको भनाइ थियो । ‘अभियानले पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको छ । जनवर्गीय र मोर्चामा पनि त्यस्तै भएका छन् ।

धेरै अन्तर्विरोध हल हुँदै गएको छ । मूल्याङ्कनको आधार धेरै राम्रो भएको छ’, उनले भने, ‘तर जति तयारी गर्नुपर्ने थियो, त्यो भएन । विचार, कार्यदिशा तय गरी समाजवादी विचारधारको आधार तय गर्नुपर्थ्यो अभियानमा त्यसो भएन ।’

अभियानको क्रममा आफू सुदूरपश्चिमको दार्चुला पुगेको जानकारी दिँदै स्थलगत अवलोकनपछि निकै उत्साहित भएको बताए । यसै गरी सरकारको कामले जनताको तहसम्म उत्साह जगाएको भन्दै उनले एक वर्षको अनुभवबाट शिक्षा लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेर भए पनि काम गर्छु प्रधानमन्त्रीले परिणाममुखी काम गर्न चाहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
768SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?