National life

‘षड्यन्त्रमा निपुण रहेका ओलीले जुनसुकै बेला पनि अनेक खुराफाती काम गर्न सक्छन्’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ माघ २०८१, शनिबार
520Shares
‘षड्यन्त्रमा निपुण रहेका ओलीले जुनसुकै बेला पनि अनेक खुराफाती काम गर्न सक्छन्’
ncell

काठमाडौं, २६ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली षड्यन्त्रमा निपुण रहेको टिप्पणी गरेका छन् ।

आज पार्टीको उपत्यका अधिवेशनलाई सम्बोधन गर्दै उनले षड्यन्त्रमा निपुण रहेका ओलीले जुनसुकै बेला पनि अनेक खुराफाती काम गर्न सक्ने बताए । हालै सरकारले संसद्मा अध्यादेश पेश गर्ने कार्यसूची फिर्ता लिएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘षड्यन्त्रमा निपुण भएको यो सरकार जुनसुकै बेलामा अनेक खुराफाती काम गर्न सक्छ ।’

उनले सरकारका विभिन्न षड्यन्त्रलाई परास्त पार्न प्रतिपक्षीको मोर्चा बनाएर अगाडि बढ्ने प्रयास भइरहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले प्रतिपक्षीहरुले राष्ट्रिय राजनीति र विभिन्न सन्दर्भमा आफ्नो भूमिका निर्वाह गरिरहेको पनि बताए । ‘त्यसलाई ध्यानमा राखेर, अरुलाई पनि समेटेर जाने कुरामा हामी सोच बनाइराखेका छौं । यसअर्थमा हामी राष्ट्रिय राजनीतिका विभिन्न सन्दर्भ र प्रसंगमा पनि आफ्नो तर्फको भूमिकालाई अगाडि बढाउँछौं,’– उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?