National life
cg eloctronics

संस्कृति मास्न सरकार नै उद्धत रहेको सस्कृतिविद्को गुनासो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ जेठ २०८२, सोमबार
463Shares
संस्कृति मास्न सरकार नै उद्धत रहेको सस्कृतिविद्को गुनासो
ncell

काठमाडौं । संस्कृतिविद्हरुले संस्कार र संस्कृति मास्न सरकार नै उद्धत रहेको आरोप लगाएका छन् ।

पं. नवराज पौडेलको १०५औं जन्मजयन्तीको अवसरमा पं. नवराज शारदा स्मृति समाजले आयोजना गरेको ‘सामाजिक संस्कार, संस्कृति’ विषयक कार्यक्रमका वक्ताहरुले संस्कृति संरक्षण गर्न भन्दा मास्न सरकार नै सक्रिय रहेको बताएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरुले हाम्रा चलिरहेका संस्कार, संस्कृति कर्मकाण्ड, परम्परालाई समय सापेक्ष र परिस्कृत बनाउँदै लैजानुपर्ने बताए । ‘हाल चलिरहेको विधि विधान निकै वैज्ञानिक छ,’ उनीहरुले भने ।

कार्यक्रममा सहप्राध्यापक डा. बिनुवाबा अर्याल, सस्कृतिविद् बेदप्रसाद पन्त, डा बद्री पोखरेल, हरिहर प्रदीप घिमिरेले धर्म र संस्कारले विज्ञान, विधि र विज्ञ जन्माउने भन्दै यसका सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो । ‘पछिल्लो पुस्ताले संस्कार र संस्कृति भुल्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘शिक्षा नीतिले संस्कार र संस्कृतिप्रति पुरै उपेक्षा गरेको शिक्षा नीतिमा सुधार गर्नुपर्छ ।’

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ अध्यक्ष सरोज ढकालले जन्मदेखि मुत्युसम्मका संस्कारहरु समय सापेक्षरुपमा सुधार गर्न बहस चलाउनुपर्ने बताउनुभयो । ‘अग्रजहरुले अगुवाई गरेर समय सापेक्षरुपमा सुधार गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रमा समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्थाले यस विषयमा निरन्तर बहस र छलफल सञ्चालन गर्ने जानकारी दिनुभयो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?