National life

सांग्रिला विकास बैंकले घटायो ब्याजदर, कुन खातामा कति छ ब्याजदर ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
555Shares
सांग्रिला विकास बैंकले घटायो ब्याजदर, कुन खातामा कति छ ब्याजदर ?
ncell

काठमाडौं । सांग्रिला विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेबाट लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हाे ।

बैंकले यसअघि दिँदै आएको ब्याजदरमा केही घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार मुद्दती निक्षेपतर्फ तीन महिनादेखि १ वर्ष सम्मका लागि १० प्रतिशत र १ वर्षभन्दा माथि १०.१० प्रतिशत ब्याज दिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रेमिट्यान्स मुद्दती निक्षेपतर्फ तीन महिनादेखि १ वर्षसम्मका लागि ११ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ११.१० प्रतिशत ब्याज दिने जनाएको छ ।

त्यस्तै, बचततर्फ सुनौलो रेमिट्यान्स बचत खातामा ८.५० प्रतिशत, सांग्रिला उन्नत बचत खाता र स्वर्णिम नारी बचत खातामा ७.५० प्रतिशत ब्याज दिने भएको छ । मेरो सांग्रिला बचत खातामा ६.७० प्रतिशत, सांग्रिला नौलो बचत खातामा ६.८० प्रतिशत, सांग्रिला पेरोल एकाउन्टमा ६.७५ प्रतिशत, सांग्रिला समृद्धि बचत खातामा ६.७५, सांग्रिला सुपर प्रिमियम बचतमा ६.६५ प्रतिशत, सेयर होल्डर्स सेभिङमा ६.६५ प्रतिशत, जेष्ठ नागरिक बचत खातमा ६.६५ प्रतिशत, नारी बचत खातामा ६.६५ प्रतिशत, बाल भविष्य बचत ६.६५ प्रतिशत र स्टाफ सेभिङमा ६.६५ प्रतिशत ब्याज दिने भएकाे ।

अन्य प्रकारका बचत खातामा अधिकतम ५.८० देखि न्युनतम ५.७० प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । कर्जातर्फ आधारदरमा न्युनतम ४ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म प्रिमियम लिने बैंकले जनाएको छ ।

बैंकले फिक्स्ड पर्सनल आवद्यिक कर्जामा ७ वर्षभन्दा माथिका लागि १६ प्रतिशतभन्दा धेरै ब्याज लिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?