National life
cg eloctronics

स्मार्ट च्वाईस टेक्नोलोजिजद्धारा थ्रीडीएस एसीएस सेवा सुरु, अनलाइन भुक्तानीमा बढ्यो सुरक्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
574Shares
स्मार्ट च्वाईस टेक्नोलोजिजद्धारा थ्रीडीएस एसीएस सेवा सुरु, अनलाइन भुक्तानीमा बढ्यो सुरक्षा
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले 3DS Access Control Server (ACS) सेवा सफलतापूर्वक सुरु गरेको छ। यो सेवा विश्वव्यापी 3D Secure प्रोटोकलको महत्वपूर्ण अंश हो, जसले कार्डबाहकलाई अनलाइन कारोबार गर्दा सहज प्रमाणीकरण गर्न सहयोग पुर्‍याउँछ र ठगीविरुद्ध उच्चस्तरको सुरक्षा सुनिश्चित गर्छ।

स्मार्ट च्वाईस टेक्नोलोजिजले सुरु गरेको यस सेवामा ग्लोबल आइएमई बैंक पहिलो बैंकका रूपमा आबद्ध भएको छ। त्यस्तै, एनएमबि बैंक पनि यस प्रणालीमा जोडिसकेको छ। यी सहकार्यहरूमार्फत दुवै बैंकका कार्डबाहकले अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सजिलो प्रमाणीकरण सुविधा पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले जनाएको अनुसार, एसीएस सेवाले अनलाइन भुक्तानी प्रक्रियामा रियल–टाइम प्रमाणीकरण सुनिश्चित गर्नेछ। यसले डिजिटल कारोबारमा ठगी रोकथाम, अनलाइन किनमेल, टिकटिङ तथा अन्य भुक्तानी अनुभवलाई अझ सहज र विश्वासिलो बनाउने अपेक्षा गरिएको छ।

स्मार्ट च्वाईस टेक्नोलोजिजका अनुसार, यो सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रको नयाँ प्रगतिका रूपमा स्थापित भएको छ। यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै, अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्थाहरूले अपनाउने सुरक्षाका मापदण्डसँग नेपाललाई नजिक ल्याउनेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?