National life
cg eloctronics

दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
465Shares
दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा
ncell

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्ना ग्राहकहरूका लागि “महाबचत बजार” सेलको घोषणा गरेको छ ।

श्रावण २ देखि श्रावण १५ (जुलाई १८–३१, २०२५) सम्म सञ्चालन हुने यो भव्य सेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा सगरमाथाको चुचुरो झैँ उच्च ८०% सम्मको छुट, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिन सक्नु हुनेछ ।

महाबचत बजार सेल अन्तर्गत फ्ल्याश सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरु प्राप्त गर्न सक्नुहुनेछ ।

यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरू मा प्लेटिनम पार्टनरका रुपमा रहेका सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभर मार्फत २५% सम्मको छुट, गोल्ड पार्टनरहरू, र्‍होटो, एंकर र मम्बड्स मार्फत ५०% सम्म छुट प्राप्त गर्न सक्नु हुनेछ । त्यसैगरी, सिल्भर पार्टनरहरू, ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो र अर्कका तर्फबाट ६०% सम्म छुटको पनि ब्यवस्था रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“महाबचत बजार” सेलको मुख्य आकर्षणका रुपमा रु ८ देखि ८,८५८ सम्मका मेगा डिलहरू मा रु ८, रु. ४८, रु ८४८, र रु. ८,८५८ मा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ ।

साथै, जियासिसको ८ केजी क्षमताको वासिंग मेसिन (रु. ४९,९९९), वानप्लस नोर्ड सीईफाइभ (रु ४८,९९९), अकारिटेक ४३ ईञ्च स्मार्ट एलईडी टीभी (रु. ३२,९४०), रेडमी नोट १४ फाइभजी (रु. ३०,९९९), भरटेक्स २४ ईञ्च गेमिंग मोनिटर (रु. १८,९९९) र अकारीटेक ६० लिटर रेफ्रिजिरेटर (रु. १६,९९०) लगायत सीमित स्टकमा मात्र रु. ८,८४८ मा उपलब्ध हुनेछन्।

महाबचत बजार सेल अन्तर्गत दुईजना भाग्यमानी ग्राहकले १०,४९९ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल रु. ८ मा खरिद गर्न सक्नु हुनेछ । त्यसैगरी, भ्यान्स, अर्क, नाईक, पोशिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवा लगायत १०० भन्दा बढी ब्रान्डहरूका उत्पादनहरु फ्ल्याट ६०% छुटमा उपलब्ध हुनेछ ।

बैंक तथा ईसेवाका माध्यमबाट खरिदमा प्रिपेमेन्ट लाभ दराजले महाबचत बजारका माध्यमबाट ग्राहकहरुले थप लाभ लिन सकुन् भन्ने सोचका साथ यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ ।

nic asia capital

यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि, १५% छुट (रु. ७५० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १०% छुट (रु. ५०० सम्म) उपलब्ध गराइने छ । योजनामा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा बैंक सहभागी रहेका छन् ।

त्यस्तै, ईसेवा वालेट प्रयोगकर्ताहरूले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सेल अवधिभर उपलब्ध हुने दराजले जानकारी दिएको छ ।

महाबचत बजार महोत्सवका अवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाइ भ्यालु रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ । जस अन्तर्गत रु. १ लाख भन्दा बढी खर्च गर्ने ग्राहकले रु. १०,००० छुटको भौचर प्राप्त गर्न सक्नु हुनेछ । श्रावण २ (जुलाई १९) राति १२ बजेबाट सुरु हुने यो अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले लाभ उठाउनका लागि सक्दो चाँडै समावेश हुनका लागि दराजले अनुरोध गरेको छ ।

बैंक अफर, दैनिक फ्ल्याश सेल, ईसेवा छुट र मेगा डिलहरूका साथमा आयोजना गरिने यो “महाबचत बजार” महोत्सव वर्षकै सबैभन्दा फाइदाजनक किनमेलको अवसर बन्नेमा दराज विश्वस्त रहेको छ ।

दराज गु्रपका बारेमा सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

ई–कमर्स, ढुवानी, भुक्तानी र वित्तीय सेवा समेट्ने पूर्वाधार तयार गरी, दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा उच्च प्रविधियुक्त किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ अगाडी बढी रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?