पाेखरा - पोखरामा बीवाईडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित यो नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।
यसले गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई अझ सहज, भरपर्दो र स्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराई अपनत्वको अनुभव दिलाउने कम्पनीले जनाएको छ ।
उक्त सर्भिस सेन्टरको उद्घाटन प्रमुख अतिथिको रूपमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् ।
बीवाईडीले नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु कम्पनीका लागि अर्को महत्त्वपूर्ण उपलब्धि भएको बीवाईडी नेपालले जनाएको छ।
यसका साथै, ग्राहकलाई सवारी बिक्रीपश्चात समेत सुपेरियर र सिन्सेयर सर्भिस प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यसले थप मजबुत बनाएको कम्पनीको भनाइ छ।


































