National life

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै गुट र समूह समाप्त भएको घोषणा गरेका छन्।

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२१ असोज २०८३, बुधबार
336Shares
गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’
ncell

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै गुट र समूह समाप्त भएको घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।

‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। लामो समयदेखि पार्टीभित्र रहेका समूह र विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

थापाले पार्टीको आन्तरिक व्यवस्थापनमा मात्रै केन्द्रित नभई कांग्रेसलाई समाज र जनताबीचको बहसमा जोड्ने बताएका छन्। आफ्नो समयको ठूलो हिस्सा पार्टीभित्रको व्यवस्थापनभन्दा बाहिर रहेर कांग्रेसका नीति, विचार र मुलुकका समसामयिक विषयमा बहस गर्न खर्चिने उनले बताए।

सभापति थापाले महाधिवेशन सम्पन्न भएलगत्तै स्थानीय तहको निर्वाचनसम्म आफू दिनरात खटिने प्रतिबद्धतासमेत जनाए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
336SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?