National life

कांग्रेसको १५औँ महाधिवेशन : सभापतिमा तीनसहित ३० जनाको उम्मेदवारी दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२० असोज २०८३, मङ्गलबार
354Shares
कांग्रेसको १५औँ महाधिवेशन : सभापतिमा तीनसहित ३० जनाको उम्मेदवारी दर्ता
ncell

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापतिसहित विभिन्न पदाधिकारी पदमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भएको उम्मेदवारी दर्तामा सभापति पदका लागि गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। थापाले मंगलबार साँझ सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। एकल उम्मेदवारी परेपछि शर्मा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, महिला उपसभापति पदमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेकाले उनी पनि निर्विरोध निर्वाचित भएकी छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खुला उपसभापति पदमा भने नौ जनाको उम्मेदवारी परेको छ। डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उक्त पदका लागि उम्मेदवारी दिएका छन्।

समावेशी उपसभापति पदमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, खुला महामन्त्री पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायसहित आठ जनाको उम्मेदवारी परेको छ।

महिला महामन्त्री पदमा भने डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिका अनुसार सभापतिमा तीन, वरिष्ठ उपसभापतिमा एक, महिला उपसभापतिमा एक, खुला उपसभापतिमा नौ, समावेशी उपसभापतिमा पाँच, खुला महामन्त्रीमा आठ र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको हो।

महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गरिएको हो। उम्मेदवारी दर्ताका क्रममा निर्वाचन समितिले उम्मेदवारहरूलाई आवश्यक फारम, प्रस्तावक र समर्थकको विवरण, उम्मेदवारी शुल्क बुझाएको भौचर तथा महाधिवेशन प्रतिनिधिको प्रमाणपत्रलगायतका कागजात अनिवार्य गरेको थियो।

nic asia capital

१५औँ महाधिवेशनबाट कांग्रेसले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ। विधान संशोधनपछि यसपटक कांग्रेसको केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने व्यवस्था गरिएको छ।

दर्ता भएका उम्मेदवारीमाथि निर्वाचन कार्यतालिकाअनुसार आवश्यक प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
354SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?