National life

लघुवित्त क्षेत्रमा ठूलो मर्जर, २३३ शाखासहित विस्तार हुँदै सेवा

नयाँ शक्तिशाली संस्था बन्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१५ असार २०८३, सोमबार
1KShares
लघुवित्त क्षेत्रमा ठूलो मर्जर, २३३ शाखासहित विस्तार हुँदै सेवा
ncell

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तसँग मर्जरमा जाने प्रस्ताव स्वीकृत गरेको छ। मोरङको कटहरीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारणसभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

सञ्चालक समितिका अध्यक्ष विक्रमराज सुवेदीले प्रस्तुत गरेको मर्जरसम्बन्धी प्रस्तावलाई सभाले अनुमोदन गरेको हो। यसअघि तीन संस्थाबीच चैत २८ गते मर्जर सम्झौता सम्पन्न भइसकेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मर्जरपछि संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ भने केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मै रहने निर्णय गरिएको छ। युनिक नेपाल र मानुषी लघुवित्तका केन्द्रीय कार्यालयहरूलाई भने प्रादेशिक कार्यालयका रूपमा रूपान्तरण गरिनेछ।

एकीकृत संस्थाको नेतृत्व हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ। साथै, मर्जर प्रक्रियासम्बन्धी प्रतिवेदन र अहिलेसम्म भएका सम्पूर्ण कार्यहरूलाई समेत अनुमोदन गरिएको छ।

साधारणसभाले आवश्यकताअनुसार आगामी दिनमा अन्य लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रदान गरेको छ।

हाल तीन संस्थाको संयुक्त चुक्ता पुँजी मर्जरपछि करिब १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ पुग्नेछ। एकीकृत कारोबार सुरु भएपछि संस्थाको सेवा विस्तार कर्णाली प्रदेश बाहेक देशका अन्य क्षेत्रमा फैलिनेछ भने शाखा सञ्जाल ६ प्रदेशमा पुगेर कुल २३३ शाखा सञ्चालनमा आउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?