National life

१५ दिनका लागि यी दुई लघुवित्त कम्पनीको कारोबार रोक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ असार २०८१, बिहिबार
645Shares
१५ दिनका लागि यी दुई लघुवित्त कम्पनीको कारोबार रोक्का
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको कारोबार रोक्का भएको छ । स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरू साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको हो ।

दुवै लघुवित्तले २०८१ असार २४ गते नेप्सेमा पत्राचार गर्दै असार ३० गतेदेखि एक आपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको जानकारी गराएको थिए ।

एकीकृत कारोबार पश्चात् दुवै लघुवित्तको सेयर स्वाप मिलान लगायतका कार्यहरू गर्नका लागि दुवै संस्थाहरूको धितो पत्र कारोबार कम्तीमा १५ दिनका लागि रोक्का भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गोरखाको हरमटारीमा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र तनहुँका डुम्रेमा कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड १ः१ अनुपातमा मर्जरमा गएका हुन् । नेपाल राष्ट्र बैंकले दुई कम्पनीलाई असार १३ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?