National life

लघुवित्त संस्था प्रभावकारी बनाउन मौद्रिक नीतिमा ६ वटा व्यवस्था समावेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
706Shares
लघुवित्त संस्था प्रभावकारी बनाउन मौद्रिक नीतिमा ६ वटा व्यवस्था समावेश
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताएको छ । राष्ट्रबैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त सम्बन्धी ६ वटा व्यवस्थालाई समावेश गरेको छ ।

यी हुन् ६ वटा व्यवस्था:

– लघुवित्त वित्तीय संस्थाहरू तथा तीनका शाखाहरू बिचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गर्ने ।

– लघुवित्त वित्तीय संस्थाको सेवा सम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल  अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामयकी व्यवस्था गरिने  ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

– लघुवित्त वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामयकी व्यवस्थामा समसामयिक  पुनरावलोकन हुने ।

– परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिने ।

– कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने ।

– यस बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरूमा एनएफआरएस लागु गर्न आवश्यक व्यवस्था गरिने ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?