National life
cg eloctronics

चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ दिन अगाडि|०३ मंसिर २०८३, बिहिबार
1.5kShares
चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
muktinatha bikash bank

काठमाडौं: सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो।

चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले सर्वाधिक ५३ रन बनाए। उनले ४२ बलमा ७ चौका प्रहार गरे। यस्तै, विनोद भण्डारीले २३, दीपेन्द्रसिंह ऐरीले १५ र आरिफ शेखले १० रन जोडे। बलिङतर्फ चितवनका स्कट कुगेलेइनले ३ विकेट लिए भने उसामा मिर, रिजन ढकाल, कमल ऐरी र सलाहुद्दिन खानले १-१ विकेट हात पारे।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे। बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिए भने थारिन्दु रत्नायकेले २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए। अब उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनी लाइन्ससँग प्रतिस्पर्धा गर्नेछ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?