National life

भाडादर र श्रमिक अधिकारको माग गर्दै राइडरहरुले गरे प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०२ भदौ २०८३, मङ्गलबार
1.1kShares
भाडादर र श्रमिक अधिकारको माग गर्दै राइडरहरुले गरे प्रदर्शन
ncell

काठमाडौं । राइड सेयरिङ चालक तथा राइडरहरूले न्यायोचित भाडादर र कम्पनीले लिने कमिसन कटौतीको माग गर्दै प्रदर्शन गरेका छन् । 

मंगलबार स्वतन्त्र चालक फाउण्डेशन नेपालको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको हो। 

प्रदर्शनमा फाउण्डेशनका प्रवक्ता अनिल श्रेष्ठले चालकको श्रमअनुसार उचित पारिश्रमिक उपलब्ध नभएको भन्दै राइडहरुमाथि शोषण भएकाले बाध्य भएर सडकमा आएको बताए । 

उनले भने,‘हामी यहाँ रहरले आएका होइनौं, उचित भाडादर हुनुपर्यो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामीमाथि शोषण भइरहेकाले बाध्य भएर सडकमा आएका हौं ।’

उनले हाल कायम रहेको भाडादरले चालकको श्रम, समय, इन्धन तथा सवारीसाधनको मर्मतसम्भारको खर्च धान्न कठिन भइरहेको बताए । 

राइड सेयरिङ क्षेत्रका समस्या कम्पनी र चालकबीच वार्तामार्फत समाधान गर्नुपर्ने उनले बताए । 

चालकको न्यूनतम आम्दानी सुनिश्चित हुने गरी न्यूनतम भाडादर निर्धारण गर्नुपर्ने मागसमेत उनको छ । 

राइडिङका क्रममा चालक तथा राइडर दुवैको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने ,राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित, सुरक्षित र श्रममैत्री बनाउन सम्बन्धित निकायले स्पष्ट नीति तथा मापदण्ड बनाउनुपर्ने उनको भनाई छ । 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?