National life

निर्जीवन बीमा १३.७१% ले उकालो: शिखर शीर्षमा, हिमालयन–एनएलजीको आक्रामक ग्रोथ

यी कम्पनीहरूले ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|११ असार २०८३, बिहिबार
1.5kShares
निर्जीवन बीमा १३.७१% ले उकालो: शिखर शीर्षमा, हिमालयन–एनएलजीको आक्रामक ग्रोथ
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म नेपालका निर्जीवन बीमा कम्पनीहरूले उल्लेखनीय व्यवसाय वृद्धि गरेका छन्। देशभर सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ११ महिनाको अवधिमा कुल ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।


यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले बढी हो।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको ११ महिनामा यी कम्पनीहरूले ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै, पाँच अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बराबरको व्यवसाय गर्दै अग्रस्थानमा रहेको छ। यसको व्यवसायमा १०.५२ प्रतिशत वृद्धि देखिएको छ।

दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चार अर्ब ७७ करोड ३९ लाख रुपैयाँको व्यवसाय गर्दै ६ प्रतिशत वृद्धि हासिल गरेको छ।

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले सर्वाधिक वृद्धि दर कायम गरेका छन्। हिमालयन एभरेष्टको व्यवसाय ३५ प्रतिशतले बढेर चार अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने एनएलजी इन्स्योरेन्सको ३६ प्रतिशतले वृद्धि भई तीन अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

अन्य कम्पनीहरूमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ०.२९ प्रतिशत वृद्धि गर्दै तीन अर्ब ९२ करोड, आईजीआई प्रुडेन्सियलले १५ प्रतिशत वृद्धि सहित तीन अर्ब ९१ करोड, नेको इन्स्योरेन्सले ११ प्रतिशत वृद्धि गर्दै तीन अर्ब २८ करोड रुपैयाँको व्यवसाय गरेका छन्।

त्यसैगरी, द ओरियन्टल इन्स्योरेन्सले दुई अर्ब ८० करोड, युनाइटेड अजोडले दुई अर्ब ७६ करोड, सानिमा जिआईसीले दुई अर्ब ५५ करोड र नेपाल इन्स्योरेन्सले एक अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सले एक अर्ब ६४ करोड, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ४२ करोड र नेशनल इन्स्योरेन्सले एक अर्ब १९ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?