National life

अन्तर्राष्ट्रिय युद्धको प्रभाव : अर्थतन्त्र अनिश्चितता तर्फ उन्मुख, आगामी चुनौतीबारे के भन्छन् विज्ञ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असार २०८२, शुक्रबार
824Shares
अन्तर्राष्ट्रिय युद्धको प्रभाव : अर्थतन्त्र अनिश्चितता तर्फ उन्मुख, आगामी चुनौतीबारे के भन्छन् विज्ञ ?
ncell

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा घटेको विभिन्न घटनको प्रभावका कारण नेपालको अर्थतन्त्रमा सुस्तता कायमै रहेको छ । अन्तर्राष्ट्रिय सहित मुलुकमा भएको विद्यमान राजनीतिक अस्थिरताले अर्थतन्त्रमा सुधार अपेक्षा अनुरूपको सुधार आउन सकेको छैन । वर्षौँ अगाडिको रुस/युक्रेन युद्ध कायमै रहँदा नेपालको अर्थतन्त्रमा कस्तो चुनौती देखा पर्ला भन्ने प्रश्न मुख्य रूपमा खडा भएको छ ।

दशकौँदेखि कायम इजरायल प्लेष्टाइन युद्ध सहित मुलुकमा भएको तनावको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा नपरे अप्रत्यक्ष प्रभाव भने पर्न सक्ने जानकारहरूको धारणा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
युक्रेन/रुस द्वन्द्वका कारण आगामी दिनमा अवस्थामा परिवर्तन आउन सक्ने हुँदा नेपालले अहिलेदेखि नै तयारी अघि बढाउनु पर्ने जानकारहरूको भनाई छ ।

नेपाली बजारमा हुने खपतमा ठुलो हिस्सा आयातको रहेका कारण पनि अर्थतन्त्रमा प्रभाव पर्न सक्ने जानकारहरूको भनाई छ । साथै, देशमा कायम भ्रष्टाचार तथा बेरुजु दिनप्रतिदिन मौलाउँदो अवस्थामा रहेको छ । यी विविध कारणले अर्थतन्त्रको गति थप सुस्त बनिरहेका छ ।

इजरायल–इराक युद्ध नरोकिएको अवस्थामा विश्वकै अर्थतन्त्रमा असहज अवस्था उत्पन्न हुन सक्ने विश्लेषण भइरहेको समयमा यसबाट खासगरी नेपालजस्ता विकासोन्मुख, आयातमा निर्भर र रेमिटेन्समा आधारित अर्थतन्त्र भएका साना मुलुकहरूको लागि यस्ता किसिमका युद्ध आर्थिक संकटको अर्को चरण हुन सक्ने विज्ञहरूको भनाई छ ।

नेपालमा रुसको प्रत्यक्ष लगानी ११ देखि १२ करोडको हाराहारीमा  रहेको विज्ञहरूको दाबी छ । सोही सन्दर्भमा कुराकानी गर्दै विश्लेषक अर्थविद् डा.चन्द्रमणी अधिकारीले  युक्रेन(रुस तनावको प्रत्यक्ष प्रभाव नेपाललाई धेरै नपरे पनि परोक्ष प्रभाव भने ठुलो हुने बताएका छन् । अधिकारीले विश्व बजारमा रुस ठुलो परिमाणमा तेल र ग्यास कारोबार गर्ने राष्ट्रमध्ये एक भएको कारण नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्य बढ्न जाने बताएका छन् ।

रुसले एक दिनमा अन्तर्राष्ट्रिय बजारमा ५५ लाख ब्यारल भन्दा ठुलो परिमाणमा तेल आपूर्ति गर्ने गरेको र त्यो भनेको विश्व आपूर्तिको १२ प्रतिशतभन्दा बढी हुन आउने भएको कारण पहिलो त्यसमा समस्या पर्नासाथ तेलको मूल्यमा प्रभाव पर्ने बताएका छन्।

युक्रेनमा आक्रमण सुरु भएको केही समयमै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा धेरैले बढेको थियो। हाल अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य हेर्दा नेपालका लागि आगामी दिनमा एक सय अर्ब भन्दा बढीको अतिरिक्त भार पेट्रोलियम पदार्थ आयातमा थपिन जाने अधिकारीको भनाई छ ।

पेट्रोलियम पदार्थ महँगोमा खरिद गर्नुपरेको अवस्थामा त्यसले बजारमा महँगी बढाउने अधिकारी बताउँछन् । । त्यस्तै, विभिन्न देशले मूल्य वृद्धिको मापन प्रतिवेदन सार्वजनिक गरेका छन् । अन्य देशमा उच्च ब्याजदर हुन जाँदा हाम्रो वैदेशिक लगानी महँगो पर्न जान्छ जसको कारण हाम्रो अर्थतन्त्रमा थप समस्या बढ्न सक्ने देखिन्छ ।

नेपालको अर्थतन्त्र अत्यधिक आयातमा निर्भर छ। पेट्रोलियम पदार्थ, मेसिनरी सामान ,निर्माण सामग्री लगायतका सामग्रीहरू तेस्रो मुलुकबाट आयात हुने हो । युद्धका कारण ढुवानीमा ढिलाइ हुने, आपूर्ति अवरुद्ध हुने र मूल्यवृद्धि हुने अवस्था सिर्जना हुन्छ । यसले उद्योग व्यवसाय र निर्माण क्षेत्रमा समेत असर पार्छ । अधिकारीले भने

त्यस्का साथै, उक्त क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षामा चुनौती बढ्ने उनको भनाई छ । युद्धको कारण रोगारीका अवसरहरु समेत कटौति हुने र यसबाट रेमिट्यान्समा गिरावट आउनुको साथै  समग्र वित्तीय प्रणालीमा दबाब सिर्जना हुन सक्ने अधिकारीको भनाई छ ।

नेपालले स्वउत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ । अधिकारीका अनुसार अन्तर्राष्ट्रिय युद्धहरू तत्काल रोकिन नसक्ने र यस किसिमको घटनाहरूको  चरणबद्ध रूपमा बढ्ने भएको कारण मुलुकले आफ्नै उत्पादनमा जोड दिनुको साथै, देशको फजुल खर्च कटौती गर्नुपर्ने धारणा राखेका छन् ।

साथै अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार तथा नेपाल राष्ट्र बैंकले आयात घटाएर उत्पादनमूलक कार्यमा जोड दिनुपर्ने उनको भनाई छ । अहिले अर्थतन्त्रमा देखिएको संकट गम्भीर नै नरहे पनि संकटोन्मुख रहेको भन्दै अहिलेको अवस्थाबाट पार पाउन भ्रष्टाचार रोक्नुपर्ने, सुशासन कायम गर्नुपर्ने र सरकारको पुँजिगत खर्चमा फिल्टर गर्नुपर्ने धारणा राखेका छन् । साथै हाल युवा निरुत्साहित गर्ने र व्यवसायलाई विभिन्न कानुनी  झन्झट बेहोर्नु परेको भन्दै यस किसिमको समस्या समाधानमा राज्यको ध्यान दिनुपर्न बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
824SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?