National life

अमेरिकासँगको एमसिसी सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन विपरीत छ : खनाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ भदौ २०८२, आइतबार
1.2kShares
अमेरिकासँगको एमसिसी सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन विपरीत छ : खनाल
ncell

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी )सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले एमसिसी नेपालको हित अनुकूल नभएको बताएका छन् । नेपाल सरकार र एमसिसी बिचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने माध्यम भएको खनालको भनाई छ ।

एमसिसी सम्झौता नेपालको संसदबाट असामान्य ढङ्गबाट अनुमोदन भएको भन्दै खनालले यस सम्झौताले चीन र भारतसँग नेपालको भू–राजनीतिक सन्तुलन माथि गम्भीर असर पुर्‍याएको टिप्पणी गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संसदमा छलफल नै नगरी एमसिसी पास गरिएको घटना आश्चर्यजनक भएको भन्दै उनले त्यसले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन भएको समेत बताए । साथै, खनालले राजनीतिक दलहरूले यसमा दोहोरो भूमिका खेलेको आरोप लगाए। त्यसबाट विद्यार्थी, युवा र बुद्धिजीवीहरूले अकारण दुस्ख भोग्नुपरेको समेत बताए ।

एमसिसी सम्झौताले नेपाललाई भारतसँग मात्र विद्युत् व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै खनालले यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा रहेको टिप्पणी गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?