National life

अरुण चौधरीको बयान : बाँसबारी जग्गा नियम विपरीत भए फिर्ता गर्न तयार छु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० माघ २०८०, शनिबार
528Shares
अरुण चौधरीको बयान : बाँसबारी जग्गा नियम विपरीत भए फिर्ता गर्न तयार छु
ncell

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग पहिलो चरणको बयान लिएको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता नवराज अधिकारीका अनुसार कानुनी प्रक्रिया अन्तरगत नै बयान लिन थालिएको जनाएका छन् ।

प्रहरी उपरीक्षक समेत रहेका अधिकारीले चार दिन म्याद थप भएकाले त्यही म्याद भित्र रहेर अनुसन्धान हुने जनाएका छन्  । पहिलो चरणको बयानका क्रममा चौधरीले कानुन विपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको अनुसन्धान अधिकृतले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले० तीन महिनाको अनुसन्धान पछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

उक्त प्रकरणमा काठमाडौँ महानगरपालिका २६ का तत्कालीन च्याम्पियन फुटवयेर प्रालि का शेयर धनी तथा सञ्चालक ६० वर्षका अरुणकुमार चौधरीसहित काठमाडौँ महानगरपालिका ९ बस्ने तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षका अजित नारायण सिंह थापा, महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?