काठमाडौँ । सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख भए पनि चुनौती कायमै रहेको बताएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु गर्न प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र संरचनागत समस्याहरू र विगतका कमजोरीहरूबाट पूर्ण रूपमा मुक्त हुन नसकेको धारणा राखेका छन् ।
उनले भने, 'अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहे पनि नेपालको अर्थतन्त्रले संरचनागत चुनौती र विगतका कमजोरीका असरहरूबाट अझै मुक्त भइसकेको छैन।"
साथै, नेपालमै बसोबास गरी सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिहरूको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र त्यसलाई अन्तिम करको रूपमा मानिने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् ।


































